श्रीराम सुगर मिल्सले भन्यो, ‘उखु किसानलाई सबै पैसा बुझाएका छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 06:55:03 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीराम सुगर मिल्सले आफूले उखु किसानलाई तिर्न बाँकी बक्यौता नरहेको जनाएको छ । ३ करोड भूक्तानी गर्न बाँकी रहेको भन्दै साउन १४ गते दैनिक पत्रिका र अनलाइन सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उद्योगले बक्यौता तिर्न बाँकी नरहेको बताएको छ ।

उद्योगले उखू किसानहरुबाट खरिद गरेको उखूको भूक्तानी गर्न बांकी रहेको बक्यौता रकम २०७७ पौष ३ गतेदेखि सूचारु गरी भूक्तानी गरी सकेको पनि दाबी गरेको छ । पत्रपत्रिकाहरुमा सुचना नै काशित गरी बांकी रहेको बक्यौता रकम बूझिलिन किसानहरुलाई जानकारी गराएको र सोही बमोजिम किसानहरुले बांकी बक्यौता रकम बूझि लिएको चिनी उद्योगले विज्ञप्तिमार्फत जनाएको छ । 

कथम्कदाचित भूक्तानी लिन छुट भई बांकी बक्यौता रहेको भएमा आफ्नो सक्कल प्रमाण सहित भूक्तानीका लागी कारखानामा उपस्थिती हून स्थानीय स्तरको पत्रपत्रिकामा सुचना प्रकाशीत गरी कारखानाको सुचना पाटीमा समेत सुचना टाँस गरी जानकारी गराई सकेको र सो भूक्तानीका लागी उद्योगको बैंक खातामा पर्याप्त मात्रामा नगद मौज्दात रहेको हूनाले सो को जानकारी स्थानीय सम्बन्धित कार्यालयहरुलाई गराई सकेको श्रीराम सुगर मिल्सको दाबी छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved