‘मार्सी’ बियर बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 10:21:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मार्सी बियर बजारमा आएको छ । जुम्लामा फलेको मार्सी चामलबाट बनेको मार्सी बियर बजारमा आएको हो । 

टाइगर्स ब्रुअरीले बजारमा ल्याएको मार्सी बियर देशैभरी उपलब्ध रहेको जनाईएको छ । कम्पनीले मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारका बियर बजारमा ल्याएको छ । 

यो बियर अन्य बियरहरु भन्दा फरक स्वादको भएको दाबी कम्पनीले गरेको छ । हाल ३३० र ६५० मिलिलिटरका बोतलमा यो बियर उपलब्ध छ । 

कम्पनीले मार्सी बियर ‘रोस्ट’ गरिएको अन्नबाट बनेको बताएको छ । प्रायः बियर रोस्ट नगरिएको अन्नबाट बनाइन्छ । तीनमा अन्नको स्वाद पाइँदैन । 

तर, मार्सीमा नेपालमा फलेका अन्नको स्वाद पाईने कम्पनीले दाबी गरेको छ । जर्मन प्रविधि प्रयोग गरेर बनाईएको बियरमा जुम्लाको हिमाली भेगमा फलेको मार्सी चामल प्रयोग गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved