आईपीओ निष्काशनका लागि धौलागिरी लघुवित्तले प्रभु क्यापिटलाई नियुक्त गर्यो बिक्रि प्रवन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 06:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गर्न लागेको आईपीओका लागि प्रभु क्यापिटललाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्दैछ । 

नियुक्ति सम्बन्धी सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २,  नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । 

हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved