आजबाट सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 08:34:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ । राष्ट्र बैंकले आज माघ २३ गतेबाट लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिएको हो ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले गठन गरेको व्यवस्थापन समुहले लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिएको हो ।   राष्ट्र बैंकका उपनिर्देशक दिपक पोखरेलको जिम्मेवारीमा सहायक निर्देशक रेवती पौडेल र निरज दाहालको टिमलाई लघुवित्तको व्यवस्थापनको जिम्मा दिइएको छ । राष्ट्र बैंकले यस अघि नै लघुवित्तको संचालक समिति निलम्बन गरेको थियो ।  

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार  विभिन्न चरणमा गरिएका स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्तका संस्थापक तथा सञ्चालकहरुले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने र सो ऋणको साँवा तथा ब्याज चुक्ता गर्न पुनः थप कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायतका गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएको छ  ।  संस्थाका जिम्मेवार पदाधिकारीहरुबाट भए गरेका कार्यहरुबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरु संस्थामा विद्यमान रहेको देखिएको तथा निजहरुबाट संस्था सञ्चालन हुनसक्ने स्पष्ट आधार समेत नदेखिएको विभागले जनाएको छ ।

साथै, २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत क्रमिक रूपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको वस्तुस्थितिका आधारमा संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी प्रदान गर्ने संस्थाहरु तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएको विभागले उल्लेख गरेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ग. को उपदफा १ को खण्ड (ण) मा भएको प्रावधानबमोजिम संस्थाको विद्यमान सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन मिति २०७९/१०/२३ बाट राष्ट्र बैंकको नियन्त्रणमा लिई बैंकबाट "नियुक्त अधिकारी ( व्यवस्थापन समूह ) नियुक्त गरी सोही समूहमार्फत संस्थाको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको  विभागले जनाएको छ।

यस अघि : 

-समस्याग्रस्त सुपर लघुवित्तलाई नियन्त्रणमा लिँदै राष्ट्र बैंक

-समस्याग्रस्त घोषणा भएको सुपर लघुवित्तमा आन्तरिक किचलो उस्तै, राजिनामा मागेका निरौलालाई बर्खास्ती 

सुपर लघुवित्तलाई टेकओभर गर्नु नपरोस् भन्ने राष्ट्र बैंकको चाहना, यस्तो छ अबको प्रक्रिया

सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस, राष्ट्र बैंकले सुनेन संचालकको गुनासो

विवादमा मुछिएको सुपर लघुवित्तबाट निरौलाले दिए राजिनामा

-झनै गिजोलियो सुपरको २२ करोड प्रकरण: राष्ट्र बैंक र लघुवित्तका कर्मचारीमाथि नै आशंका

- चुक्ता पूँजी २ करोड रहेको सुपर लघुवित्तमा २२ करोडको ‘सुपर’ घोटाला

सुपर लघुवित्तका कामु सीइओ सहित ३ जना कर्मचारी पक्राउ


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved