नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सुपर लघुवित्तमा आन्तरिक किचलो उस्तै रहेको पाइएको छ। निमित्त सीइओ तथा कम्पनी सचिवको समेत जिम्मेवारी पाएका मधुसुधन निरौलाले स्पष्टिकरणसहित दिएको राजिनामा अस्विकार गरि उनलाई बर्खास्तीको कागज थमाउनुले संस्थाभित्र अझैं आन्तरिक किचलो रहेको देखिएको हो।
मधुसुधन निरौलाले भदौ २१ गते सँस्थामा बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले उनलाई बर्खास्ती गरिएको लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत बुद्दिराम चौधरीले निरौलालाई थमाएको पत्रमा उल्लेख छ।
सँस्थाका अध्यक्ष किरण चौधरी तथा निमित्त सीइओ बुद्धिराम चौधरीले मधुसुदनले निमित्त सीइओको जिम्मेवारी पाउँदा सँस्थालाई प्रतिकुल असर पर्ने निर्णय गरेकाले स्पष्टिकरण मागिएको जनाएका छन्।
आफूमाथि लागेको सम्पूर्ण आरोपबारे स्पष्ट रुपमा लिखित प्रष्टीकरण दिएपनि बदलाको भाव राखेर आफुले दिएको राजिनामा अस्विकार गरि आफुलाई सँस्थाबाट बर्खास्ती गरिएको निरौलाले बिजपाटीसँग गुनासो गरेका छन।
दशैं जस्तो चाडको मुखमा आफु बेरोजगार हुनुपरेको चिन्ता व्यक्त गर्दै निरौलाले आगामी दिनमा कुनै सँस्थामा काम गर्नका लागि पनि लघुवित्तको अहिलेको 'टिम' ले बाटो रोकेकोले कानुनी उपचारमा लाग्ने बताए।
सँस्थाका संचालक तथा उच्च व्यवस्थापनका कर्मचारी मिलेर कर्जाको दुरुपयोग गरेको भेटीएपछि सुधार गर्नका लागि ३५ दिनको अवधि दिएर लघुवित्तलाई राष्ट्र बैकले समस्याग्रस्त घोषणा गरेको हो। तर सँस्थाभित्रको आन्तरिक किचलो व्यवस्थापन गरेर लघुवित्तलाई सहि दिशामा लैजानुपर्नेमा उल्टै आन्तरिक किचलोमा लागेकाले लघुवित्त राष्ट्र बैकको कारबाहीमा पर्ने देखिन्छ।
यस अघि:
- सुपर लघुवित्तलाई टेकओभर गर्नु नपरोस् भन्ने राष्ट्र बैंकको चाहना, यस्तो छ अबको प्रक्रिया
- सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस, राष्ट्र बैंकले सुनेन संचालकको गुनासो
- विवादमा मुछिएको सुपर लघुवित्तबाट निरौलाले दिए राजिनामा
-झनै गिजोलियो सुपरको २२ करोड प्रकरण: राष्ट्र बैंक र लघुवित्तका कर्मचारीमाथि नै आशंका
- चुक्ता पूँजी २ करोड रहेको सुपर लघुवित्तमा २२ करोडको ‘सुपर’ घोटाला