सिवाईसी लघुवित्तको निरीक्षणमा जाँदै राष्ट्र बैंक, ६ अर्ब निक्षेपको सुरक्षामा प्रश्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 12:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतर्फी दबाबपछि नेपाल राष्ट्र बैंक सिवाईसी नेपाल लघुवित्तको स्थलगत निरीक्षणमा जाने भएको छ। यहि कात्तिक १७ गते सिवाईसीको स्थलगत निरीक्षणमा जाने तयारी अनुसार राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागबाट टिम पनि तयार भईसकेको थाहा हुन आएको छ। 

सिवाईसी लघुवित्तको संचालक समितिले राष्ट्र बैंकको मौखिक तथा लिखित निर्देशन मात्र नभई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन 'बाफिया' को कानुनी व्यवस्था समेत लत्याउदै आएको बारे बिजपाटी लगायत केहि मिडियाले पटक पटक समाचार लेखेपछि राष्ट्र बैंकले स्थलगत निरीक्षण गर्न लागेको हो। 

बैंक वित्तीय संस्थामा संचालक समितिमा र प्रमुख कार्यकारीमा एकै व्यक्ति रहन नपाउने राष्ट्र बैंकको कानुनी व्यवस्था छ। सिवाईसी नेपाल लघुवित्त सहित अन्य आधा दर्जन लघुवित्तलाई यो व्यवस्था लागू गर्नलाई राष्ट्र बैंकले लिखित निर्देशन नै दिएको थियो। जसअनुसार अन्य लघुवित्तले  संचालक समिति र प्रमुख कार्यकारी अलग अलग व्यक्ति कायम गरेका छन्। तर सिवाईसी नेपाल लघुवित्तमा अझैं पनि डोलेन्द्र शर्मा संचालक समिति र प्रमुख कार्यकारीमा 'विराजमान' छन्। 

त्यस्तै संचालक समिति अध्यक्षले अध्यक्ष भएको ३५ दिनभित्र शपथ खानुपर्ने कानुनी व्यवस्था छ। सपथ नखाई गरिएका सम्पूर्ण निर्णय र कामकारबाही स्वत: अवैध हुने नेपालको कानुनी व्यवस्था छ। तर सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्माले सपथ नखाई ६ महिना काम गरे। अध्यक्षले आफुले राष्ट्र बैंकबाट सपथ नखाएकाले डोलेन्द्र शर्माले पनि सपथ नखाई प्रमुख कार्यकारी र संचालकको जिम्मेवारीमा रहे। तर बिजपाटी लगायतका केहि मिडियाले सिवाईसीले कानुनको धज्जी उडाउँदा पनि राष्ट्र बैंक मौन रहेको भन्दै समाचार लेखेपछि राष्ट्र बैंकले चोरबुद्धि लगाएर राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालयबाट अध्यक्षलाई सपथ खुवाएको थियो भने त्यसको केहि दिनमा अध्यक्षले कानुनी व्यवस्था विपरित हुने गरि संचालक समिति सदस्य  डोलेन्द्र शर्मालाई प्रमुख कार्यकारीमा नियुक्त गरेर राष्ट्र बैंकलाई ठाडै चुनौती दिए। 

यति मात्र नभई, अध्यक्ष हुँदाको बखत आफ्नो घरमा शाखा राखेको र श्रीमती संचालक रहेको कम्पनीबाट बिक्रि भएको ट्याक्टर किन्ने ग्राहकलाई लघुवित्तले कर्जा दिएको आरोपमा राष्ट्र बैंकले दफा सय प्रयोग गरेर मिर्मिरे लघुवित्तका अध्यक्षलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष संचालक समिति सदस्य बन्न नपाउने कारबाही गरेको थियो। तर आफ्नो घरमा शाखा राखेपनि पैसा नलिएको र श्रीमतीको कम्पनी नरहेको भन्ने स्पष्टिकरण दिँदा पनि कारबाही गरेपछि कारबाहीमा परेका  टेक बहादुर बोहोरा अदालत गएका छन्। 

व्यक्तिगत खर्च लघुवित्तको खाताबाट तिराउने, जुनियर कर्मचारीलाई विभागीय प्रमुख राखेर सिनियर कर्मचारीलाई क्लस्टर र शाखा प्रमुख बनाएर पठाउने, कर्मचारीको अनुहार हेरेर उनीहरुले पाउने सेवा सुविधा निर्धारण गर्ने, आफ्ना कर्तुत लुकाउन प्रकृया मिलाएर विभिन्न मिडियामा लघुवित्तको पैसा खर्च गर्ने संचालक समिति सदस्य तथा प्रमुख कार्यकारी शर्माको व्यवहारले अहिले सिवाइसि लघुवित्तको खराब कर्जा ह्य्वात्तई बढेको छ। सहि रुपमा हिसाब गर्ने हो भने खराब कर्जा १० प्रतिशत पुग्ने स्रोतको दाबि छ।

तर सोहि दफा १०० आकर्षित हुने गम्भीर प्रकृतिको नाङ्गो आँखाले देखिने काम सिवाईसी नेपालका संचालक समिति सदस्य तथा प्रमुख कार्यकारी डोलेन्द्र शर्मालाई राष्ट्र बैंकले छुट दिएको छ। साझा प्रकाशनमा हुँदा करोडौं भ्रष्ट्राचार गरेको र काठमाण्डौको अनामनगर स्थिति एउटा सहकारी डुबाएको आरोप लागेका डोलेन्द्र शर्माले आफु लेखक रहेको र आफ्नै कम्पनी प्रकाशक रहेको 'बादलमुनिको घाम' लगायतका दर्जनौं पुस्तक लघुवित्तको पैसाले किनेर वितरण भईरहेको छ। एउटा शाखाबाट न्युनतम ५० हजारको पुस्तक किनिएको र करिब करिब १ करोड बराबरको पुस्तक लघुवित्तको पैसाले खरिद गरिएको स्रोतको दाबि छ। 

यस्ता कयौं कर्तुतलाई सिवाईसी नेपालका वर्तमान संचालक समितिले पनि साथ दिएको छ।  संचालक समिति अध्यक्ष, संचालक समिति सदस्य मिलेर आम सर्वसाधारणले लघुवित्तमा जम्मा गरेको ६ अर्ब रुपैयाँ जोखिममा हुँदा समेत राष्ट्र बैंक मौन रहेको छ। राष्ट्र बैंकको मौनतानै लघुवित्तमा सदस्यहरुले जम्मा गरेको ६ अर्ब रुपैयाँमा मोज गर भन्ने संदेश गएकोबारे बिजपाटीले समाचार लेखेकै कारण बल्ल बल्ल राष्ट्र बैंकले निरीक्षणको लागि टिम पठाउन लागेको हो। 

तर राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले कात्तिक १७ गते सिवाईसी नेपालको स्थलगत निरीक्षणमा पठाउन लागेको टोलिको नियतमाथि विभागकै अन्य कर्मचारीले आशंका गरेका छन्। सिवाईसी नेपाल लघुवित्तका संचालक समिति सदस्य तथा प्रबन्ध निर्देशक (सीईओ को हैसियत) डोलेन्द्र प्रशाद शर्माको प्रभावमा परेको आरोप लागेका लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख रेवती नेपालकै चाहनामा उक्त टोलि गठन गराईएकाले अन्य कर्मचारीले आशंका गरेका हुन्। 

"गत वर्ष पनि निरीक्षणमा गएको टोलिले बुझाएको प्रतिवेदन नै परिवर्तन गर्न लगाएर सिवाईसी नेपाल लघुवित्तलाई बचाउने काम भएको थियो' राष्ट्र बैंक स्रोतले भन्यो, 'अहिले पनि विभागका प्रमुखले जे भने त्यहि मान्ने व्यक्तिहरुको टिम बनाएर निरीक्षणको लागि पठाउन लागिएको छ, पुरानै ब्यथा बल्झिने भयो।'

राष्ट्र बैंकले सिवाईसी लघुवित्तको स्थलगत निरीक्षण गर्न लागेको हो भन्ने बिजपाटीको प्रश्नमा राष्ट्र बैंकका  लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख रेवती नेपालले 'हुन सक्छ' भन्ने मात्रको जवाफ दिएका छन् । उनले स्थलगत निरीक्षण गर्ने कार्य नियमित तथा राष्ट्र बैंकको आन्तरिक काम भएकोले यसबारे धेरै विषय 'डिस्क्लोज' गर्न नमिल्ने बताए। उनले राष्ट्र बैंकले सम्भव भएसम्म सबै लघुवित्तको स्थलगत निरीक्षण गर्ने गरेको पनि उल्लेख गरे। 

यस अघिका समाचारहरु

गभर्नरलाई पंगु बनाएका डोलेन्द्रको डरलाग्दो धन्दा, महिनाकै १० लाखले नपुगेपछि पुस्तकको फण्डा

माओवादी दबाबमा गभर्नरको मनलाग्दी निर्णय: एकै गल्तीमा कसैलाई संरक्षण, कसैलाई कारबाही

राष्ट्र बैंक विरुद्द अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष, झुटा आरोपमा कारबाही गरेको आरोप

एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved