माओवादी दबाबमा गभर्नरको मनलाग्दी निर्णय: एकै गल्तीमा कसैलाई संरक्षण, कसैलाई कारबाही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2023 | 05:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता नेतृत्त्व दल नेकपा माओवादीको दबाबमा नेपाल राष्ट्र बैंकले मनलाग्दी निर्णय गरेको पाइएको छ। पार्टीको दबाबमा राष्ट्र बैंकले एकै र करिब करिब उस्तै प्रकृतिको घटनामा कसैलाई संरक्षण गर्ने र कसैलाई कारबाही नै ठोक्ने गरेको पाइएको हो। 

पदीय दायित्वमा हुँदा स्वार्थ बाँझिने कुनै पनि प्रकृतिको काम गर्न नपाइने कानुनी व्यवस्था विपरित काम गरेको आरोपमा मिर्मिरे लघुवित्तलाई कारबाही गरेको राष्ट्र बैंकले उस्तै प्रकृतिको काम गरेको सीवाईसी नेपाल लघुवित्तलाई भने पूर्ण रुपमा संरक्षण गरेको हो। 

आफु अध्यक्ष रहेको मिर्मिरे लघुवित्तको कार्यलय आफ्नो स्वामित्वमा रहेको घरमा भाडामा राखेर स्वार्थ बांझिने काम गरेको भन्दै राष्ट्र बैंकले टेक बहादुर बोहरालाई कारबाही गरेको थियो। बोहरालाई नेपाल राष्ट्र बैक ऐन को दफा १०० अन्तर्गत ५ लाख जरिवाना गरेको हो। आफ्नो स्वामित्वको घरमा मिर्मिरे लघुवित्तको शाखा कार्यलय राखेपनि  घरभाडा वा अन्य कुनै पनि किसिमको शुल्क नलिएको स्पष्टिकरण पेश गर्दै बोहराले न्यायको लागि अदालत गुहारेका छन्। 

तर संचालक र प्रबन्ध संचालक एकै व्यक्ति हुन नपाउने राष्ट्र बैंकको निर्देशन विपरित प्रबन्ध संचालक रहिरहेका डोलेन्द्र प्रशाद शर्माको उस्तै प्रकृतिको गल्तीमा भने राष्ट्र बैंकले पुरै नजरअन्दाज गरेको छ। शर्माले आफ्नो श्रीमती संचलाक रहेको समी प्रकाशनबाट प्रकाशित आफुले लेखेको 'बादल भित्रको घाम' लगायतका पुस्तक आफु प्रबन्ध संचालक रहेको सँस्थाबाटै खरिद गर्न लगाएर स्वार्थ बाँझिने काम गरेका छन्। 

स्रोतकाअनुसार उनले आफुले लेखेको 'बादल भित्रको घाम' लगायतका करिब दर्जन पुस्तकहरु १२५ वटै शाखामा पुग्नेगरि खरिद गरेका छन्। प्रत्येक शाखाको दायित्व ५० हजार रुपैयाँ हुनेगरी करिब ६२ लाख ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरिएको छ। केन्द्रीय कार्यलयबाटै बिलिङ्ग हुनेगरी खरिद गरिएको छ। व्यवस्थापन र संचालक समिति दुवै तर्फ एक्लैको निर्णय चल्ने भएपछि सिवाईसी नेपाल भित्र उनले जस्तो सुकै स्वार्थ बांझिने कामलाई अन्जाम दिने गरेका छन्। 

एकै व्यक्ति संचालक समितिमा र व्यवस्थापनमा रहँदा भ्रष्टाचार बढ्ने निष्कर्ष सहित राष्ट्र बैंकले सिवाईसी नेपाल लघुवित्तलाई पनि प्रबन्ध संचालक पद खारेज गर्नलाई लिखित निर्देशन दिएको थियो। अन्य लघुवित्तले यो निर्देशनको पालना गरेपनि सिवाईसीले भने राष्ट्र बैकलाई ठाडो चुनौती दिंदै गत भदौ १५ गते डोलेन्द्र शर्मालाई प्रबन्ध संचालकमा नियुक्ति गरेको हो। 

लघुवित्त सुपरिवेक्षण विभागले सिवाईसी नेपाल लघुवित्तको संचालक समितिलाई संचालक र संस्थाको प्रमुख कार्यकारी अलग अलग व्यक्तिलाई बनाउनलाई भदौ ३ गते नै लिखित निर्देशन दिएको थियो। 

माओवादीको दबाबमा मनलाग्दी निर्णय गर्दै गभर्नर महाप्रसाद अधिकारी

स्वार्थ बाँझिने गरी आफ्नै घरमा शाखा कार्यालय राखेको भन्दै मिर्मिरे लघुवित्तका अध्यक्षलाई कारबाही गर्ने निर्णय राष्ट्र बैक संचालक समितिले गरेको हो। तर उस्तै गल्ती  गरिरहेको सिवाईसी नेपाल लघुवित्तलाई भने राष्ट्र बैंकले कारबाही गर्न सकेको छैन। 

कारबाही गर्ने निर्णय संचालक समितिबाट नै हुने भएपनि गभर्नर महाप्रसाद अधिकारीले नेकपा माओवादीको दबाबमा सिवाईसी नेपालका प्रबन्ध संचालक डोलेन्द्र शर्माले जे गरेपनि कुनै पनि कारबाही गर्न सकेका छैनन्। सपथ नै नखाई प्रबन्ध संचालकको जिम्मेवारी सम्हाल्नेपनि, प्रबन्ध संचालक पदमै बस्न नपाइने भएपनि , प्रबन्ध संचालक पदमा रहनलाई चाहिने योग्यता नपुगेपनि, नेता तथा आफु र आफ्नो परिवारको नाममा शाखा खोलेपनि, लघुवित्तको खाताबाट महिनामै दशौँ लाख रुपैयाँ खर्च गरेपनि राष्ट्र बैंकले सिवाईसीका प्रबन्ध संचालक शर्मालाई कुनै कारबाही गर्न सकेको छैन। 

राष्ट्र बैक संचालक समितिमा नेकपा माओवादीको तर्फबाट संचालक समिति सदस्य बनेका एक जना सदस्य र नेकपा समाजवादीको तर्फबाट संचालक बनेका अर्का एक सदस्यलाई साथ दिएर गभर्नर महाप्रसाद अधिकारीले सिवाईसी नेपालका प्रबन्ध संचालक डोलेन्द्र शर्मालाई कुनै पनि कारबाही गर्न नसकेको स्रोतको दाबि छ। शर्माले राष्ट्र बैंकका  संचालकलाई पोखरा घुमाउने खर्च पनि लघुवित्तबाटै गराउने गरेको र माओवादीका केहि नेताबाट गभर्नर अधिकारीलाई फोन गराउने गरेको स्रोतको दाबि छ। 

बोल्नै चाहदैनन् राष्ट्र बैकका कर्मचारी 

सिवाइसीका डोलेन्द्र शर्मासँग जोडिएको बिषयमा राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण विभागका मात्र नभई अन्य बिभागका कर्मचारी समेत बोल्नै नचाहेको पाइएको छ। एक कर्मचारीले मिर्मिरे लघुवित्तका अध्यक्षलाई कारबाही गर्ने बिषयमा नोट अफ डिसेन्ट नै लेखेर लघुवित्त विभाग छाडेको घटनापछि राष्ट्र बैंकमा शर्माबारे कसैले पनि बोल्न नचाहेको त्यहाँका एक कर्मचारी बताउँछन्। 

निर्देशन पालना भए नभएको हेर्ने लघुवित्त सुपरिवेक्षण विभाग मात्रै नभई नीति नियम बनाउने बैंक तथा वित्तीय सँस्था नियमन विभागका कर्मचारी समेत शर्मासँग जोडिएको विषयमा नाम लेख्नेगरि आफुहरु नबोल्ने बताउने गरेका छन्। पछिल्लो समय माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सचिवालय तथा प्रचण्ड सचिवालय निकटका व्यक्तिको दबाब बढेपछि गभर्नर अधिकारीले धेरै विषयमा मनलाग्दी निर्णय गर्ने गरेको स्रोतको दाबि छ। 'सिवाईसी नेपाल लाघुबित्तको घटना एउटा उदाहरण मात्र हो, धेरै बिषयमा मनलाग्दी निर्णय भएका छन्' स्रोतले बताएको छ।

यस अघि :

राष्ट्र बैंक विरुद्द अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष, झुटा आरोपमा कारबाही गरेको आरोप

एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved