लघुवित्तमा भ्रमण र तालिमका नाममा बढ्दैछ फजुल खर्च: घुम्नलाई दिनकै ५०००, तलब भत्ता अलग्गै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 01:19:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय पहुँच नभएका तथा दुरदराजका सिमान्तकृत तथा पिछडिएकाहरुलाई वित्तीय सेवा दिन स्थापना गरिएका लघुवित्तमा फजुल खर्चको विकृति मौलाएको पाइएको छ। सेवामुलकबाट कमर्शियल बन्दै गरेकाले फजुल खर्चको बेथिति बढेको यसका जानकारहरुको भनाई छ। 

पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता तथा उच्च व्यवस्थापनमा बैंक वित्तीय संस्था तथा कर्पोरेट संस्कार हुर्किदै गरेकाले फजुल खर्च बढेको देखिन्छ। लघुवित्तलाई सामाजिक बैंकिंङ भन्दा पनि व्यवसायिक बैंकिंङ सोच राख्ने व्यक्तिहरु संचालक समिति र उच्च व्यवस्थापनमा आउँदा यस्तो अवस्था बढेको विश्लेषण गरिएको छ। 

संचालक समितिले ठुलो अंकको लाभांशको अपेक्षा राखेर ठुलो अंकको कारोबारको लक्ष्य दिने क्रम बढेकाले प्रमुख कार्यकारी सहितको उच्च व्यवस्थापनले पनि लघुवित्तको मर्म विपरित काम गर्ने गरेको र त्यस्तो कर्म लुकाउनलाई लगानी पनि गर्नुपरेकोले फजुल खर्च बढेको एक पुराना लघुवित्तका प्रमुख कार्यकारीले बताए। 

 एक प्रमुख कार्यकारी आफ्नो नाम नबताउने सर्तमा भन्छन् "संचालक समितिको चाहना त छदैं छ, आजकाल त नियामक निकायलाई पनि मनाउन चारो छर्नुपर्छ, जसले चारो छर्यो उसैको गल्ति लुक्छ, त्यहि भएर पनि पछिल्लो समय फजुल खर्च बढेको हो"।  पछिल्लो समय लघुवित्तका प्रमुख कार्यकारीहरु पनि मोजमस्तीमा बढी लिप्त हुँदा त्यसले खर्च बढाएको उनी बताउँछन्। 

ति प्रमुख कार्यकारीको आरोप पुष्टि हुनेगरी केहि लघुवित्तमा फजुल खर्च भएको भेटिएको छ। संचालक नै प्रमुख कार्यकारी रहेको एक लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणमा ती प्रमुख कार्यकारीले आफुले एक वर्षमा दैनिक भ्रमण भत्ता १७ लाख ८८ हजार लिएको उल्लेख गरेका छन्। यो रकमलाई ३६५ दिनले भाग गर्दा दिनकै भत्ता झन्डै ५००० हुन आउँछ। जबकी यो संस्थामा प्रमुख कार्यकारीले लिन पाउने दैनिक भ्रमण भत्ता मात्रै ३००० छ। तर एक दिन पनि कार्यलय नबसी ३६५ दिननै देश विदेश भ्रमण गरेको मान्दा पनि यीनले झन्डै ७ लाख नियमविपरित लिएको देखिन्छ। तर तलब भत्ता बापत अलग्गै १४ लाख ३२ हजार लिएका यी प्रमुख कार्यकारीले ३६५ दिन नै भ्रमण गरे होलान र ? 

दैनिक भ्रमण भत्तामा भ्रमण गर्दा खाने र बस्ने खर्च जोडीएपनि यातायात खर्च अलग्गै हुने गर्छ। यो लघुवित्तमा गरिएको यस प्रकारको खर्च फजुल खर्चको एउटा चरम नमुना हो। यस्ता उदाहरण अन्य लघुवित्तमा पनि प्रशस्तै भेटिन्छन्। 

नियामकलाई मनाउने नाममा,  वित्तीय साक्षरताको नाममा लघुवित्त पनि बैंक र विकास बैंककै अवस्थामा खर्चालु भएको पाइएको छ। जसरी बैंक वित्तीय संस्था बढी खर्चालु हुँदैगर्दा त्यसको भार ऋणीको टाउकोमा आइपुगेको छ त्यसैगरि लघुवित्तले गर्ने यस्तो खर्चको भार लघुवित्तका ऋणी सदस्यको टाउकोमा थुपरिएको छ। जसले गर्दा देशभर लघुवित्तले साहुमहाजन जस्तै महँगो ब्याज लिएको आरोप खेप्नु परेको छ। 

नियामकलाई मनाउने नाममा नियामकलाई तालिम दिन बोलाउने र तालिम शिर्षकबाट मोटो रकम खर्च गर्ने शैली लघुवित्तमा पछिल्लो समय 'हिट' भएको छ। केहि लघुवित्तले केहि घण्टाको तालिमको लागि एउटा कर्मचारी बापत २५ हजार रुपैयाँ सम्म तिरेको पाइएको छ।  यस्तो कामलाई तालिम नभई तालिमको नाममा नियामक मनाउन दिईएको  'कमिसन' को संज्ञा दिने गरिएको छ।


यस अघिका समाचारहरु

सिवाईसी लघुवित्तको निरीक्षणमा जाँदै राष्ट्र बैंक, ६ अर्ब निक्षेपको सुरक्षामा प्रश्न

गभर्नरलाई पंगु बनाएका डोलेन्द्रको डरलाग्दो धन्दा, महिनाकै १० लाखले नपुगेपछि पुस्तकको फण्डा

माओवादी दबाबमा गभर्नरको मनलाग्दी निर्णय: एकै गल्तीमा कसैलाई संरक्षण, कसैलाई कारबाही

राष्ट्र बैंक विरुद्द अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष, झुटा आरोपमा कारबाही गरेको आरोप

एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved