आज मौद्रिक नीति सार्वजनिक हुँदै, राष्ट्र बैंकको संचालक समिति बैठक जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 09:10:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकलेआज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । मौद्रिक नीतिअ पारित गर्न अहिले राष्ट्र बैंकको संचालक समितिको बैठक जारी छ । 

बजेटको विस्तारित कर्जा नीतिको अपेक्षा र अन्तराष्ट्रिय मुद्रा संचुकित र सुरक्षित कर्जा नीतिको दबाबका बीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।  धेरै विषयमा टुंगो लागिसकेकाले बिहान संचालक समितिको बैठकले स्वीकृत गरे लगत्तै राष्ट्र बैकको वेबसाइट मार्फत चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

"कुन क्षेत्रको कर्जाको भार कति हुने र कस्तो कर्जामा कति प्रतिशतसम्म मार्जिन दिने भन्ने जस्ता प्राविधिक विषय गभर्नरले अन्तिम रुप दिएपछि मात्र बाहिर ल्याउने गरि तयारी समेत गरिएको छ। अहिले नै यति उति प्रतिशत भनेर कुनै पनि विषयमा अंक तोकिएको छैन" स्रोतले जनाएको छ।  

दोहोरो दबाबको बीच मौद्रिक नीति 

चालू आर्थिक वर्षमा विस्तारित प्रकृतिको बजेट ल्याएको सरकारले मुद्रास्फिति (महंगी) लाई ६.५ प्रतिशत मुनी राखेर ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। सोहि लक्ष्य भेट्टाउने गरि मौद्रिक नीति ल्याउनुपर्ने राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र सरकारको दबाब छ। 

सरकारले विस्तारित मौद्रिक नीति ल्याउनलाई दबाब दिएपनि अन्तराष्ट्रिय मुद्रा कोषले भने अन्तराष्ट्रिय अवस्थामा सुधार आइनसकेको र विगतमा प्रवाह गरिएको कर्जा उपभोगमा बढी खर्च भएको भन्दै संकुचित र कसिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई दबाब दिएको छ। 

विगतमा खुकुलो र विस्तारित कर्जा नीति लिंदा बिदेशी मुद्रा संचितिमा दबाब र कर्जाको बढ्दो दुरुपयोग भएको अवस्थालाई समेत मध्यनजर गरेर मौद्रिक नीति ल्याउनु पर्नेमा राष्ट्र बैंकका उच्च अधिकारीहरु सहमत देखिन्छन्। तर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने निजि क्षेत्र तथा अन्य सरोकारवालाको अपेक्षालाई समेत सम्बोधन गर्नुपर्ने भएकाले राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा जाने कर्जामा खुकुलो र घरजग्गा तथा शेयर कारोबारमा जाने कर्जालाई कसिलो नीति लिन सक्ने देखिन्छ। 


यो पनि : आइतबार मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, सेयर कर्जाबारे गत वर्षको गल्ति नदोहोर्याउन उच्च सतर्कता


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved