नेप्सेमा मेगा बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 04:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मेगा बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २०४ रुपैयाँ ६२ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य २१२ रुपैयाँ ८० पैसा थियो । मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गते बुधबार अन्तिम दिन रहेकोले आज कारोबार समय सकिएपछि मूल्य समायोजन भएको हो ।

बैंकले साधारणसभा लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने ब्यबस्था रहेको छ। तर मङ्सिर २२ गते धान्य पुर्णिमा तथा किरात समुदायको उधौलीपर्वको सार्वजनिक विदा परेकोले आज मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र मेगा बैंककोलाभांश पाउँन सक्ने छन् ।

बैंकले पुस ७ गते बिहान १० बजे राष्ट्रिय सभागृहमा साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश, मर्जर, लगायतका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा आ.व.२०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् । विशेष प्रस्ताव अन्तर्गत इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पेश हुने छ ।

१००:९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् । अर्थात् मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर पाउने छन् ।

यो पनि : इन्भेष्टमेन्ट-मेगा बैंक मर्जर: संचालक र ब्यबस्थापनमा जुट्यो यस्तो सहमति

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved