भारतबाट आयात गरिएका केराले समस्यामा नेपाली किसान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 04:41:57 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय फलफूलले नेपाली बजार कब्जा गर्न थालेपछि यहाँका केरा तथा फलफूल व्यवसायीले भन्सारमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। त्यसको सबैभन्दा बढी मार नेपाली केरा व्यापारी तथा व्यवसायीलाई पर्न थालेको उनीहरूको गुनासो छ। भारतबाट सजिलैसँग आयात हुने काँचो तथा तयारी अवस्थाको पाकेको केरा आयात हुन्छ। त्यसमा न त भन्सारमा जाँच हुन्छ, न त क्वारेन्टाइन नै। त्यसको स्वस्थताबारेसमेत कुनै जाँचबिनै भारतीय केराले नेपाली केरा बजारमा कब्जा जमाइरहेको छ।

केराखेती तथा व्यवसायमा संलग्न बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुरका व्यवसायीले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउँदै भन्सार तथा क्वारेन्टाइन जाँच गरेर मात्रै केरा आयात हुनुपर्ने माग गरेका छन्। उनीहरूले क्षेत्रीय प्लान्ट क्वारेन्टाइन बाँके तथा भन्सार कार्यालय बाँकेलाई पनि बोधार्थ दिएका छन्। मध्यपश्चिमको बर्दियालाई सरकारले ‘प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत केरा ब्लकुका रूपमा विकास गर्ने अभियानसमेत सुरु गरिसकेको छ।

विश्व व्यापार संगठनको कुनै पनि मापदण्ड पूरा नगरी जथाभावी केरा भित्रिँदा यहाँका किसान तथा व्यवसायी निकै मारमा परेको व्यवसायीको भनाइ छ। ‘चार जिल्लामा दैनिक ७०(८० मेट्रिक टनमात्रै केरा खपत हुन्छु, केरा तथा फलफूल व्यवसायी संघ बाँकेका संयोजक देवेन्द्रप्रसाद अधिकारीले भने, ‘तर अहिले दैनिक ६० हजार मेट्रिक टन केरा उत्पादन भइरहेको छ, सबै बजार भारतीय केराले कब्जा जमाएको छ, हाम्रो केरा अब कहाँ बेच्नु ?


परीक्षणबिना आयात हुँदा त्यसले नेपाली उत्पादनको बजार कमजोर हुने उनको भनाइ छ। भारतबाट दैनिक सयौँ गाडी केरा नेपाली बजारमा भित्रिन्छन्, ती केरा मध्य, सुदूर तथा पश्चिम नेपालका धेरैजसो जिल्लामा पुग्ने गरेका छन्। भारतीय केराको मूल्य प्रायः सस्तो हुने भए पनि त्यसलाई नेपाली केराकै मूल्यमा बेचिने गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved