
आपुर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपला खड्कालाई मन्त्रालयमा तानेको छ ।
ईन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालार्य निगममै राख्दा निगमको हितविपरित कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय भएको हो ।
मन्त्रिपरिषद् निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगममा हाजिर भएका थिए । खड्कालाई तान्ने निर्णय भएको आपुर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।