सामसङले अहिलेसम्मकै ठूलो त्रैमासिक नाफा सार्वजनिक गरेको छ । यसमा मेमोरी चिप्सको उच्च मूल्य र स्मार्टफोनको बिक्रीमा आएको सुधारको महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ ।
जुलाईदेखि सेप्टेम्बरसम्को अवधिमा फर्मको नाफा ११।२ ट्रिलियन वन अर्थात १० अर्ब अमेरिकी डलर कायम भएको छ ।यो नाफा गत वर्षको समान अवधिको तुलनामा तेब्बर हो ।
असाधारण संकटको अवस्था आएको बताउदै फर्मबाट प्रमुख कार्यकारी वन ओह ह्युनले राजिनामा दिएको केही सातापछिको अवस्थामा सामसङको यो नाफा सार्वजनिक भएको हो ।
कम्पनीको यो नाफा विगतमा गरिएको निर्णय र लगानीको प्रतिफल मात्रै भएको वनले बताए ।घुस र भ्रष्टाचारका कारण आफूलाई दिएको पाँच वर्षे जेल सजायको बिरुद्धमा सामसङ ग्रुपका उत्तराधिकारी ली जे योङले अपिल गरेपछिको समयमा उनको यो राजिनामा आएको हो ।
सामसङ इलेक्ट्रोनिकसले पछिल्लो त्रैमासिक नतिजालाई समग्रमा विष्फोटक भूमिका भएको बताएको छ ।विश्वकै ठूलो मेमोरी चिप र स्मार्टफोनको निर्माताले आफ्नो उत्पादनप्रतिको मजबुत मागले निरन्तरता पाउने र यसले कीर्तिमानी वार्षिक नाफा हुने जनाएको छ ।
कम्पनीले आगामी ३ वर्षको अवधिमा सेयरहोल्डरहरुलार्य २६ अर्ब डलरको हाराहारीमा लाभांश वितरण गर्ने भएको छ ।सामसङको आम्दानीमा मेमोरी चिप्सको प्रमुख भूमिका रहदै आएको छ । यसमा नयाँ नोट–८ स्मार्टफोनले थप सहयोग गरेको छ । यो फोनको प्रिअर्ड अन्य कुनैपनि फोनको तुलनामा उच्च कायम भएको थियो । कारोबारमा खबर छ ।