एमाले अध्यक्ष केपी ओलीले आफुले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् ।सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्राईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्राई आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रममा उनले चुनाव सकिएपछि सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
खेलको मैदानमा गएपछि एउटाले जित्छ अर्काले हार्छ । यो खेलको नियम नै हो ।
तर जब खेल सकिन्छ त्यसपछि पनि एउटैले जितेको जित्यै गर्नुपर्छ भन्ने कुरा ठिक होईन, म गाउँमा गाईभैँसी चराएर घाँस काटेर, हलो जोतेर हुर्केका ठिटो हुँ, ओलीले भने – ममा शासकीय स्वभाव छैन, सेवक हुने हो, यसको अर्थ भ्रष्टाचारलाई छुट् दिने, बेथिती गैरकाुनी काम गर्ने र सुशासन काम नगर्ने भन्ने होईन । कान्तिपुरमा खबर छ ।