खाना पकाउने ग्यासमा मूल्य नबढ्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 13, 2018 | 07:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ।ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो।

आपूर्ति मन्त्री जयन्त चन्दले भने,

-अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढ्यो ।

-आवश्यकता भए पनि बजारमा असन्तुष्टि देखियो ।

-मूल्यमा स्थिरीकरण कोषबाट रकम झिकेर भएपनि जनतालाई केही राहत दिन खोजेका छौँ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दै गएको छ। शुक्रबार प्रतिब्यारेल ६९.२६ अमेरिकी डलरमा कारोबार भयो । मूल्य बढेर ८० डलर पुग्ने अनुमान गरिएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअन्तर्गत नेपालमा पनि मूल्य बढ्छ । कान्तिपुर  दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved