किन खोज्दैछन् नारायणकाजी श्रेष्ठले दाहाल सरकारको विकल्प ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 09:19:11 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ।

संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल सुरु गरेको हो। यस कार्यमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सक्रिय भएका छन् ।

श्रेष्ठले राष्ट्र र लोकतन्त्र जोगाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भन्दै पार्टीको प्रारम्भिक धारणा आइतबार सार्वजनिक गरेका छन् ।‘राष्ट्रलाई असफल हुनबाट बचाउन र लोकतान्त्रिक उपलब्धि जोगाउन पनि पुन: सबै एक हुनुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले आइतबार ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय सहमतिको सरकार नै आजको आवश्यकता भएको छ, प्रमुख पाँच दल सम्मिलित सरकार बनाऔं, त्यसमा बिलम्ब नगरौँ ।’

दलहरुले आ-आफ्ना इगो त्यागेर सहमतीय सरकार निर्माणतर्फ जानुपर्नेमा समेत उनले जोड दिएका छन्। उनको यो भनाइले राजनीतिक अवस्था मोडिन खोजेको संकेत गरेको नागरिक दैनिकमा खबर छ।

श्रेष्ठले संविधान जारी गर्ने बेला एकमत भएका सत्तारुढ माओवादी केन्द्रसहित काँग्रेस, एमाले, राप्रपा र लोकतान्त्रिक फोरम नेपाल संलग्न नयाँ सहमतीय सरकार गठनमा जोड गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved