राप्रपा हार्नुको कारण के छ प्रतिवेदनमा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 07:49:01 AM मा प्रकाशित

laxmi  sunrise bank

संसद्को चौथो ठूलो दल राप्रपाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटा मात्रै गाउँपालिका प्रमुख जितेपछि हारको कारण पत्ता लगाउन महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति बनाएको थियो । प्रधानले मंगलबारको कार्यसम्पादन समिति बैठकमा प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा पार्टी आफ्ना प्रायः एजेन्डामा अस्पष्ट भएकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएको उल्लेख छ । संयोजक प्रधानका अनुसार पार्टी एकीकरण र एकता महाधिवेशनमा जुट्नु परेकाले कार्यकर्ता र जनतालाई स्पष्ट एजेन्डा बुझाउन नसक्नु, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दलका सांसदहरूको नेतृत्वमा लगाइएको महाअभियोग प्रस्तावको विरोध गर्दै हतारमा सरकारबाट बाहिरिनु हारको कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तह निर्वाचनको सान्निध्यमा सरकारमा सहभागी हुने र तत्काल सरकारबाट बाहिरिनुको कारण जनतालाई बुझाउन नसक्दा पराजयको कारणका रूपमा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, स्थानीय तहमा उम्मेदवार चयन गर्ने क्रममा आर्थिक रूपले सम्पन्न व्यक्ति नखोजी पार्टीमा क्रियाशील व्यक्तिलाईं खोज्नु र पार्टीले आर्थिक सपोर्ट गर्न नसक्नु पनि हारको कारण औँल्याइएको छ । राजसंस्था र हिन्दू धर्मको वकालत गरे पनि आवश्यकता के हो भन्ने बुझाउन नसक्नुु, युरोपियन र अमेरिकालगायतका मुलुकले आइएनजिओ प्रयोग गरी हराउन लगाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved