निर्माण व्यवसायीहरुद्वारा सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 12:14:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा धर्ना कार्यक्रम सुरु गरेको छ ।

महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिएको हो । महासंघले चैत्र १५ गते पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग सम्बोधन नभए धर्ना दिने जनाएको थियो ।

महासंघ अध्यक्ष रबि सिंहले निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै कि मूल्यवृद्धि फिर्ता हुनुपर्ने वा यस अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने आफूहरुका मागमा सरकार उदासिन बनेका कारण धर्नामा बस्नुपरेको बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved