अध्यक्ष गोल्छाले गर्भनरलाई भने, ‘अब ब्याज नबढोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 04:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अब ब्याज बढाउन नहुने बताएका छन् । महासंघले आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषयक अन्तरक्रियामा अध्यक्ष गोल्छाले मूल्यवृद्धि थप बढ्न नदिन पनि ब्याज बढाउन नहुने बताएका हुन् । 

उनले राष्ट्र बैंकका गभर्नरलाई मौद्रिक नीतिमार्फत बढ्दो मूल्यवृद्धिलाई कम गर्ने रणनीति अपनाउन र ब्याजदर थप बढ्ने अवस्था आउन नदिन आग्रह गरेका हुन् ।

‘ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भईसकेको छ, ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने अनुमान थियो तर, त्यो अहिले गलत प्रमाणित भयो’ उनले भने, ‘म गभर्नरज्यूलाई अब ब्याज बढाउनु हुन्न भन्ने आग्रह गर्छु ।’

अध्यक्ष गोल्छाले व्यावसायीक कृषिका लागि जग्गाको हदबन्दी हट्नुपर्ने, आयकरको दर ५ प्रतिशतमा झार्नुपर्ने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved