नेपाल–चीन लगानी सम्मेलनका लागि सहयोग गर्न कार्यवाहक अध्यक्ष ढकालको राजदूतसँग आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 05:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् । 

कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच आज महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा ढकालले यस्तो आग्रह गरेका हुन् ।

नेपालमा चिनियाँ लगानी प्रवद्र्घन गर्न आवश्यक रहेको महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको भनाई छ ।

ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनिया पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको पनि बताए ।

कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषदबीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा ढकालको जोड छ ।

महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मंच  मार्फतबाट समेत दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कुटनीतिक तवरबाट पनि सहयोग हुनुुपर्ने उनको भनाई छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved