बैंकले नाफा कमाउने नै हो, अब मौद्रिक नीतिमा 'क्यालकुलेटिभ रिस्क' लिनुपर्छ: अध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 10:19:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले नाफा गरेमात्र अर्थतन्त्र सबल हुने बताएका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमांडू मर्ज भई एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष गोल्छाले बैंकहरुले नाफा गर्नै पर्ने , र महासंघले पनि बैंकहरुले नाफा गर्नु पर्छ भन्दै आएको बताए 

उनले बैंक सबल भए मात्र अर्थतन्त्र सबल हुने बताए । उनले बैंकहरु सबल भएको कारणले मात्र अहिले देखिने विकास निर्माणका कार्यहरु, बजारमा गुड्ने गाडीहरु, ठूला ठूला महलहरु सम्भव भएको उनले बताए । 

उनले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ३ वटा काम गर्नु पर्ने बताए । सरकारी खर्च बढाएर विकास खर्च बढे मात्र अर्थतन्त्र चलायमान हुने भएकोले सरकरी खर्च बढाउँन उनले आग्रह गरे । त्यस्तै उनले अब मौद्रिक नीतिमा क्यालकुलेटिभ रिस्क लिने बेला भएको बताए । यस्तो खालको जोखिम नलिएमा अब समृद्धि सम्भव नहुने भएकोले अब मौद्रिक नीतिमा क्यालकुलेटिभ रिस्क लिनु पर्ने बताए । त्यस्तै उनले निजि क्षेत्रलाई सरकारले लगानीको वातावरण बनाउनु पर्ने बताए । निजि क्षेत्रले लगानीको वातावरण नपाउंदा सम्म अर्थतन्त्र सबल नहुने र सम्वृद्धि सम्भव नभएकोले लगानीको वातावरण बनाउन उनले आग्रह गरे । 

यी ३ कार्य गरेमा उनले महासंघले परिकल्पना गरेको १०० खर्बको अर्थतन्त्र सन् २०३० सम्ममा सम्भव हुने बताए 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved