बजेट र मौद्रिक नीतिबीच तालमेल नहुँदा अर्थतन्त्र समस्यामा पर्यो : अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 02:18:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट र मौद्रिक नीतिबीच तालमेल नहुँदा अर्थतन्त्र समस्यामा परेको बताएका छन्  । चेम्बरले आयोजना गरेको 'अर्थतन्त्र : अबको बाटो' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष मल्लले अपार सम्भावना हुँदा पनि नेपालको अर्थतन्त्रले गति लिन नसकेको र राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्था रहेको बताए । 

त्यस्तै उनले उच्च ब्याजदरले ऋणीहरु मर्कामा परेकाले दोहोरो अंकको आर्थिक विकासका लागि कर्जाको ब्याजदर सिंगल डिजिटमा हुनु पर्ने मान्यतामा चेम्बर रहेको पनि बताए । अध्यक्ष मल्लले करको दायरा बढाउन नागरिकता सँगै प्यान कार्ड प्रदान गर्ने नीतिगत व्यवस्थाका लागि अर्थमन्त्री समक्ष माग गरेका छन् ।

उनले स्थानीय तहको खर्च हुन नसकेकोले ९० देखि ९५ प्रतिशत रकम बैंकिङ प्रणालीमार्फत खर्च गर्न पाउने प्रवन्ध गर्ने हो भने तरलता चाप कम हुने बताएका छन्।

त्यस्तै उनले गाजा वैध गर्न र ७ वटै प्रदेशमा निर्यात हाउस बनाउन माग गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved