'नीतिनियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 04:12:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा व्यवसाय अगाडी बढाउन समस्या भएको बताएका छन्। नेपाल साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कार्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो कुरा बताएका हुन्।  

सो अवसरमा प्रमुख अतिथि काभ्रेका प्रदेश सांसद् कन्चन चन्द्र बादे श्रेष्ठले निति नियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रो सँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रष्ट नभएको कारणले यो क्षेत्रले दुख पाएको बताए। अर्थतन्त्रमा यो क्षेत्रको धेरै महत्त्व हुदा हुदै पनि, विभिन्न समस्याले गर्दा ओजेलमा परेको उनले स्वीकार गरे । 

उनले सानो सानो पुँजी लगानी गरेर माथि उठ्न खोजेका यस्ता व्यवसायीहरुलाई, नेपाल सरकारले राम्रो सँग सहजीकरण गरेर अगाडी बढ्नु पर्ने आजका टड्कारो आवश्कता भएको बताए। सांसद बादेले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसायको ठूलो सम्भावना रहेको साथै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने हुँदा साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला शाखा राम्रो सँग अगाडी बढोस् भन्ने शुभकामन हुदै यस क्षेत्रको उन्नतिकोलागी समान्धित निकायमा संयोजन गर्न तत्पर रहेको विश्वास दिलाए। उनले केन्द्रीय र जिल्ला नेतृत्वले प्रभावकारी रूपमा काम गरी रोजगारी बृद्धि, व्यवसाय प्रवर्द्धन, प्रविधिको विकास, दर्ता लगायतका अन्य आबस्यक पर्ने सहयोग उपलब्द गराई स्थानीय सरकारबाट सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

सो अवसरमा साना तथा मझौला व्यवसायी महासङ्घका केन्द्रीय महासचिव डा. गोपाल प्रसाद तिवारीले एसएमईबारे कार्यपत्र प्रस्तूत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भएता पनि नेपालको एसएमई क्षेत्रले अरू देशमा जस्तो अगाडी बढ्न नसकेको बताए।  लघु, घरेलु, साना तथा मझौला व्यवसायहरूले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न नसकेको उनले उल्लेख गरे ।

डा. तिवारीले उद्योगीले गुणस्तर उत्पादन गर्न नसकेको, बजार पनि राम्रो नपाएको, वित्तीय स्रोत परिचालन पनि गर्न नसकेको, सरकारले सहयोग पनि गर्न नसकेकोले यो क्षेत्रले जतिसुकै अर्थतन्त्र मा योगदान छ भने पनि समस्याले ग्रषित भएको बताए।  उनले अहिले सम्म एसएमई नीति नभएको, संस्था दर्ता गर्दा पनि विभिन्न झन्झट खेप्नु पर्ने,सरकारी कार्यालय बाट सहयोग नपाउने, बजारको समस्या, किसानलाई चाहिएको मल/खाद, गुणस्तरीय बिउ/बिजन, साथै अन्य वस्तुहरुको अभावले यो क्षेत्र धेरै नाजुक स्थितिमा रहको डा. तिवारी भनाई छ। 

नब्बे प्रतिशत भन्दा बढि यस क्षेत्रले  राष्ट्रिय अर्थतन्त्रमा योगदान भनेपनि, धेरै उद्योग दर्ता हुन नसक्नु, व्यवसाय गरेपनि आफ्नो उत्पादनले राम्रो मूल्य नपाउनु, सरकारी कार्यालयहरूबाट ब्यवसायी हरूलाई सहयोग नमिल्नु साथै अन्य धेरै समस्याले गर्दा यो क्षेत्रले अगाडि बढ्न कठिन रहेको उनको भनाई छ। उद्योग विभागको तथ्यांकले ठूला उद्योगले भन्दा साना, लघु तथा मझौला उद्योगले दिने रोजगारी अत्यधिक रहेको प्रष्ट पारेको उनले बताए। त्यसैले ठूला उद्योगलाई पनि साना साना उद्योग चाहिने हुनाले सरकारले  प्रोत्साहन गर्नु पर्ने र यसले गर्दा अर्थतन्त्र लाई दिगो रुपमा विकास गर्न सजिलो पर्ने डा. तिवारीले सुझाव दिए ।

 कार्यक्रममा साना तथा मझौला व्यवसायी महासङ्घका सह-अध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा संचालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए । उनले बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनु पर्ने कुरामा जोड दिदै साना तथा मझौला ब्यबसायीहरुले भोगेका समस्या हरुलाई समाधान गर्न सरकारसंग माग गरे । साथै उद्यमी महिलाहरुले आफनो व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्था बाट सहजै ऋण नपाएकोले यसतर्फ पहल गरीदिनु पर्ने बताए 

साना तथा मझौला व्यवसायी सँघ काभ्रे जिल्लामा अनिता वस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved