मानुषी लघुवित्तको आईपिओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 05:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ४८ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साँझ ५ बजेसम्ममा १३  लाख ४७ हजार ८ सय ८ जना आवेदकबाट १ करोड ७७ लाख ७० हजार ३० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ४८.२१ गुणा बढी हो । 

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन ३१ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। 

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

यो पनि ; मानुषी  लघुवित्तको आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved