मानुषी लघुवित्तको आईपिओमा ८३ गुणा बढीको आवेदन, २३ लाख बढीले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2021 | 08:12:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओमा ८३ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिन आज अन्तिम दिन आइतबार साँझ सम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ८३.१० गुणा बढी हो । 

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ३६ हजार ८ सय ५९ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिने २३ लाख बढी आवेदक हात खाली हुने छन् । 

शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। 

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

यो पनि ; मानुषी  लघुवित्तको आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved