मानुषी लघुवित्तको आईपिओ बाँडफाँड, ७ हजारको आवेदन रद्द, ३ जनाले पाए ११ कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2021 | 08:49:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो। 

कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले उनीहरुलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफां गरिएको छ  ।

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ति मध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन्  ।

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। 

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

यो पनि ; मानुषी  लघुवित्तको आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved