साहस उर्जाको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 07:41:33 AM मा प्रकाशित

laxmi  sunrise bank

साहस उर्जा लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गते बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन बिकी खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । 

७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन्।  शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा असोज १० सम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आईपिओमा शुक्रबार अर्थात् तेस्रो दिनसम्म ३.८२ गुणा बढीको आवेदन परेको छ । शुक्रबार दिउँसो २:३० बजेसम्ममा १७ लाख २० हजार ४ सय ५४ जना आवेदकबाट २ करोड ४६ लाख ९ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको छ। यो माग भन्दा ३.८२ गुणा बढी हो । 

कम्पनीले ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट  निर्माण गरिरहेको छ । 

कम्पनी परिचय : 

साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट मिति २०७०÷१०÷१९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७१÷०५÷२९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको कम्पनी हो । कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं. १, हात्तीसारमा र आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित रहेकोछ ।

 कम्पनीमा हाल ८०८७ जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका वासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य शेयरधनीहरुको लागि छुट्टयाइ बांडफांड गर्ने व्यवस्था रहेको छ ।

 संगठित संस्थाले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।

संगठित संस्थाको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो । 

कम्पनीले आगामी जेठबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । 

यो पनि : साहस उर्जाको आईपिओ रिभ्यु: आकर्षक र निजि क्षेत्र कै ठूलो आयोजना, यसै वर्षदेखि लाभांश


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved