बुद्धभुमिको आईपिओमा ३५ गुणा बढीको आवेदन, २० लाख आवेदकले शेयर नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 05:31:18 PM मा प्रकाशित

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा चौथो दिनसम्म ३५ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा आज साँझ सम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ३५.६६  गुणा बढी हो ।

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख बढी आवेदकले शेयर पाउने छैनन् । यद्यपि यो आवेदन भेरिफाई हुनु भन्दा अगाडीको डाटा रहेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छन् । 

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

कम्पनी परिचय : 

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०७४ साल श्रावण ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भै मिति २०७४ साल श्रावण ३१ गते देखि पब्लीक लिमिटेड कम्पनीमा परिणत भै कम्पनी ऐन २०६३ र विद्युत ऐन २०४९ अन्तर्गत काम÷कारोबार गर्दै आइरहेको छ । 

कम्पनीले तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत गृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुर बाट २६ कि.मी. को पुर्वमा तथा खरानीटार बजार बाट ५ किलो मिटरको दुरीमा अवस्थित रहेको छ । आयोजनाको मुख्य संरचनामा हेडवर्क्स दुप्चेश्रर गाउं पालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावर हावर पंचकन्या गाउंपालिका वडा नं ०४ नौटारीमा पर्दछ। आयोजनाको जडित क्षमता ४.९९३ मे.वा रहेको छ  । समग्रमा आयोजनाको कार्य प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले उल्लेख गरेको छ । 

यो पनि : बुद्धभुमि हाइड्रोको आईपिओ रिभ्यु: यसै वर्ष १८ करोड आम्दानी, ८०/८१ मा लाभांश प्रक्षेपण


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved