मध्य भोटेकोशीको आईपिओ बाँडफाँड, यस्ता छन् नतिजा हेर्ने ९ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 09:49:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।  

आईपिओमा कुल २३ लाख ९० हजार २ सय १८ जनाको आवेदन परेकोमा ९५ हजार ७ सय २२  जनाको आवेदन रद्द भएको छ  ।  योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६  जना रहेको क्यापिटलले जनाएको छ 

माग भन्दा बढीको आवेदन परेकोले आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाएका छन् । आवेदक दिएका मध्ये १५ लाख ७१ हजार २ सय १८  जना आवेदक भने हात खाली भएका छन् । 

कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो  ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ९ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार मध्य भोटेकोशीको वेबसाइट http://mbjcl.com.np/site/index.php ,  बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सह बिक्रि प्रबन्धकहरु प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, लक्ष्मी क्यापिटलको वेबसाइट https://laxmicapital.com.np/, सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, र सीबीआईएल क्यापिटलको वेबसाइट https://www.cbilcapital.com/, सीडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । 

 कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन नपाउने ब्यबस्था गरिएको थियो। यदि आवेदन दिएको भए रद्द भएको छ  । 

कम्पनी परिचय 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.३, महाराजगंज, काठमाडौंमा रहेकोछ ।  कम्पनीले सिन्धुपाल्चोक जिल्लामा मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मे.वा.) निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य मिति २०७० माघ २८ बाट प्रारम्भ भएको र सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदी विद्युत उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा रहेको छ ।

यो पनि : मध्य भोटेकोशी आईपिओ रिभ्यु : बिजुली बेचेर यसै वर्ष १ अर्ब र अर्को वर्ष झन्डै ३ अर्ब कमाउने लक्ष्य

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved