सामलिङ्ग पावरको आइपीओ बाँडफाँड आज, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 08:12:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुने भएको छ। आज बिहान आइपीओ बाँडफाँड हुने  सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ। 

मर्चेन्टको हात्तिसार स्थित केन्द्रिय कार्यलयमा आइपीओ बाँडफाँड हुने भएको छ। सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपोओमा कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आबेदन खुला गरिएको थियो।

सिडीएससीका अनुसार आइपीओ भर्ने अन्तिम दिन अर्थात कात्तिक ८ गते बेलुका ५ बजेसम्म सामलिङ्ग पावरको आइपीओ को लागि २२ लाख ६५ हजार ६९८ जनाले २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आबेदन दिएका थिए। उक्त आबेदन झन्डै ४० गुणाले बढी हो।    

उक्त तथ्यांकअनुसार ६७ हजार ८९० भाग्यमानीहरुले मात्रै १० कित्ताका दरले सामलिङ्ग पावरको आइपीओ पाउने देखिएको छ। 

कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । 

बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ता सर्बसाधारणको लागि छुट्याईएको थियो। 

कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो।

यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

यी तरिकाबाट हेर्न सकिन्छ नतिजा 

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार सामलिङ्ग पावरको   वेबसाइट, बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved