यी ४ तरिकाबाट हेर्न सकिन्छ जाल्पा सामुदायिक लघुवित्तको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 05:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो । 

आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ  ।   २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ  ।  जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।

कम्पनीले माघ २१ गतेदेखि  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो  भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।  

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४  तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार कम्पनीको वेबसाइट http://jalpamf.com/,  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनी परिचय

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन२०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन२०७३ अन्तर्गत स्थापित कम्पनी हो ।यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय कास्की जिल्लापोखरा महानगरपालिका वडा नं. ८सिमलचौरकास्कीमा रहेको छ । २०७८ आश्विन मसान्त सम्म यस लघुवित्त वित्तीय संस्थाको कारोवार स्थान बाग्मती प्रदेशगण्डकि प्रदेशलुम्वीनि प्रदेशकर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । हाल वित्तीय संस्थाले २४ जिल्लाहरुमा ८७ शााखा कार्यालयहरु३ वटा संकलन केन्द्रहरु१४ वटा अनु्गमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

सृजना विकास केन्द्रपोखराकास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्रघोराहीदाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई “जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड”को रुपमा मिति २०७७ मंसिर १६ गते देखि औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।

यस लघुवित्त वित्तीय संस्था २०७५÷०५÷०३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस लघुवित्त वित्तीय संस्थाले मिति २०७५÷०७÷३० गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त गरी मिति २०७५÷१२÷०१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार शुभारम्भ भएको यस लघुवित्त वित्तीय संस्थालेहाल २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।

पूजी संरचना

यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी  पच्चिस करोड,   तत्काल जारी १६ करोड र तत्काल चुक्ता पूँजी  दश करोड अठहत्तर लाख रहेको छ । आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी  सोह्र करोड हुनेछ । आईपिओ निष्काशनपछि संस्थापक शेयरधनीहरु को शेयर स्वामित्व ६७.३७५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयरधनीहरु को शेयर स्वामित्व ३२.६२५ प्रतिशत हुने छ । 

यो पनि : जाल्पा लघुवित्त आईपिओ रिभ्यु: पहिलो कारोबार नै ११ सय भन्दा बढीमा हुने सम्भावना

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved