महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 01:00:53 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा महालक्ष्मी लाइफको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले  हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजी २ अर्बको  ३० प्रतिशतले हुन आउने रकम  साठि करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारण (कर्मचारी समेतलाई) जारी गर्न लागेको हो । मिति २०७५÷१०÷१ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. ले ६३ वटा शाखा तथा उपशाखा मार्फत १३ वटा बीमा योजनाहरु बिक्रि वितरणका लागि सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले कारोबार सञ्चालनको ३ वर्षको छोटो अवधिमै रु ३०१ करोडको बीमाशुल्क संकलन गर्न सफल भैसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved