ईमर्जिङ नेपालको आईपिओ आज बाँडफाँड हुदै, ८ जनाले ११ कित्ता शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 08:11:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गर्न लागेको हो। 

क्यापिटलका अनुसार आज दिउँसो ३:३० बजे बिजुलीबजार स्थित कार्निभल रेस्ट्रो एण्ड मिटिङ्गसमा शेयर बाँडफाँड हुने छ ।  यस आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्मको तथ्यांक अनुसार २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको छ । यो भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ । जस अनुसार ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाउने छन् भने ति मध्येबाट ८ जनाले थप १ कित्ता गरि कुल ११ कित्ता शेयर पाउने छन्।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved