नेष्डो समृद्द लघुवित्तले फागुन ११ देखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 08:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्द लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।  लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   

यो कम्पनीको राष्ट्रिय स्तरको लघुवित्त हो  ।  कम्पनीको केन्द्रिय कार्यालय पर्वतको कुश्मामा रहेको छ  । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्ने छ  ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved