नेष्डो समृद्द लघुवित्तको आईपिओ बाँडफाँड: ३ जनाले ११ कित्ता पाए, ४१ सय १६ जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2022 | 01:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो  जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको हो 

आईपिओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई  २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले योग्य रहेका २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसपछि १० कित्ता शेयर पाएकालाई समावेश गरेर दोस्रो पटक गोलाप्रथा गर्दा थप ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन्  । यस हिसाबले ७७ हजार ४ सय ५३ जनाले १० कित्ता शेयर पाएका छन् भने भने ३ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदक भने हात खाली भएका छन् ।  

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ    बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  

आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिन्छ ।  जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र लघुवित्त कम्पनी नेष्डो समृद्द लघुवित्तको वेबसाइट https://slbs.nesdonepal.org/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । 

कम्पनी परिचय

यस वित्तीय संस्था कम्पनी ऐन२०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकारकम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्थानेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।

यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिकावडा नं. ६न्यूरोडगण्डकी प्रदेशनेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिकावडा नं. १७ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।

आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।

यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved