मुक्तिनाथ कृषि कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 04:21:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ। 

मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । कम्पनीले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको जनाएको छ । 

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकालले बताएका छन्।  

विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि कम्पनीले विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved