ग्रीन भेन्चर्सको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 08:14:55 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ  बिक्रि खुला गरेको हो 

कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ  शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ कम्पनीको आईपिओमा बिहिबार साँझसम्ममा मागभन्दा ६.७९ गुणा बढीको आवेदन परिसकेको छ  । बिहिबार साँझ ५ बजेसम्ममा आईपिओमा १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकबाट १ करोड ९५ लाख ३४ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको हो   । 

कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ।  कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। 

यो पनि : ग्रीन भेन्चर्स आईपिओ रिभ्यु: संघई र अग्रवाल समुहको स्वामित्व, बिजुली बेचेर यो वर्ष अर्ब बढी कमाउने लक्ष्य 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved