उपकार लघुवित्तको आईपिओ भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 08:27:15 AM मा प्रकाशित

laxmi  sunrise bank

उपकार लघुवित्तको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आईपिओमा आज चैत्र २९ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा चैत्र २७ आइतबार सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदा दिएकोले आवेदन दिने म्याद एक दिन थप गरिएको हो ।

अब लगानीकर्ताले भोलि चैत्र ३० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो  । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  । 

जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।

 नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । 

यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा'

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved