उपकार लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने, २२ हजार १ सय १५ जनाले मात्र शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 04:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले भोलि शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओमा २३ लाख बढी आवेदकले आवेदन दिएका छन् । तर कम्पनीको शेयर भने गोलाप्रथाबाट २२ हजार १ सय १५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाउने छन् ।

कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । 

यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा' 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved