उपकार लघुवित्तको आईपिओ बाँडफाँड, २४ सय जनाको आवेदन रद्द , ६ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 08:50:04 AM मा प्रकाशित

laxmi  sunrise bank

उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले आज शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा कुल २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्द भएको छ। योग्य रहेका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट २२ हजार १ सय १५  मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हातखाली भएका छन् ।

कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । 

यो पनि : उपकार लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ७ करोड नाफा लक्ष्य, पहिलो कारोबार '१२ सय प्लसमा' 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved