दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 08:21:53 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले बैशाख १३ गतेदेखि आयोजना प्रभावित स्थानियलाई आईपिओ निष्काशन गरेकोमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको हो । यस संगै स्थानीयले जेठ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीले बैशाख १३ गतेदेखि  आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१-८ वडा)का स्थानीयलाई आईपिओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयको लागि १० लाख ५४ हजार २ सय ६० कित्ता शेयर छुट्याएको छ । आवेदन दिंदा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि दिन सक्ने छन् ।   शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी जेठ १ गतेबाट विजुली सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

स्थानीयलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved