हिमालयन हाइड्रोको आईपिओ बाँडफाँड हुदै, २ जनाले ११ कित्ता शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 08:08:06 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज मंगलबार (असार २८) मा बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान ८:३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । 

कम्पनीले  असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको थियो।  कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो ।  बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।  

 कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाडफाँड हुने छ। जस अनुसार  १ लाख ८३ हजार ४२ जनाले शेयर पाउने छन् । जस मध्ये २ जनाले ११ कित्ता शेयर पाउने छन् भने अन्यले १० कित्ता शेयर पाउने छन् ।

कम्पनीले कास्कीमा  ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved