अपर हेवाखोला हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 10:07:32 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते युनियन हाउस अनामनगरमा साधारणसभा बोलाएको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव।

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुने आ. व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहितको आ. व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसंग सम्बन्धी अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३) कम्पनी ऐनको दफा १११ बमोजिम आ. व.२०८०/०८१ को लेखा परीक्षण गर्नकालागि लेखा परीक्षण समितिको सिफारिश बमोजिम लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

४ ) सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने ।

५) सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved