नेशनल लघुवित्तको साधारणसभा आह्वान, प्रिमियममा एफपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 11:31:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते धुलिखेलमा साधारणसभा बोलाएको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने, लाभांश पारित गर्ने, प्रिमियममा एफपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव

साधारण प्रस्ताव 

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्त सम्मको वासलात तथा आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. यस वित्तीय संस्थाको आ.व. २०८०/८१ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षको नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुंजी रु.१,०८,४२,०६,२१९।५३ (अक्षरेपी एक अर्ब आठ करोड बयालिस लाख छ हजार दुई सय उन्नाइस पैसा त्रिपन्न मात्र) को ७.५ (सात दशमला पाँच) प्रतिशतले हुन आउने रकम रु.८,१३,१५, ४६६।४६ (अक्षरेपी आठ करोड तेह्र लाख पन्ध्र हजार चार सय छैसट्ठी पैसा छ्यालिस मात्र) कर प्रयोजन सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन सम्बन्धमा ।

६. संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने ।

विशेष प्रस्ताव 

१. आ.व.२०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजी रु.१,०८,४२,०६,२१९।५३ (अक्षरेपी एक अर्ब आठ करोड बयालिस लाख छ हजार दुई सय उन्नाइस पैसा त्रिपन्न मात्र) को ७.५ ( सात दशमला पाँच) प्रतिशतले हुन आउने रकम रु.८, १३, १५, ४६६।४६ (अक्षरेपी आठ करोड तेह्र लाख पन्ध्र हजार चार सय छैसठ्ठी पैसा छ्यालिस मात्र) बराबर अर्थात १०० : ७.५ अनुपातको बोनस शेयर जारी गरी संस्थाको चुक्ता पुंजी रु. १,१६,५५, २१,६८५ ९९ (अक्षरेपी एक अर्ब सोह्र करोड पचपन्न लाख एक्काइस हजार छ सय पचासी पैसा उनान्सय मात्र) पुऱ्याउने विशेष प्रस्तावलाई पारित गर्ने ।

२. संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ मा स्थानान्तरण गर्ने ।

३. संस्थाको संस्थापक तथा सर्वसाधारण समुहको शेयर पुंजीको अनुपात क्रमश ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को वोनस शेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारण समुहको शेयर पुंजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा रु.६,६९,९०,०२६।८० अर्थात ६,६९,९००.२७ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Offering) को माध्यमबाट शेयर जारी गर्ने र उक्त कार्यको लागि नियमनकारी निकायको निर्देशन बमोजिम संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन लगायत अन्य सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।

४. प्रबन्धपत्रको दफा २ (१), दफा ६ (ख) र दफा ६ (ग) तथा नियमावलीको नियम २ संशोधन गर्ने साथै प्रबन्धपत्र तथा नियमावलीको दफा तथा नियमहरुमा आवश्यक थपघट, परिमार्जन एवम् संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved