नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारणसभा आज, सञ्चालकको निर्वाचन नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 08:48:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज चैत्र २० गते साधारणसभा गर्दै छ । बैंकले बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा गर्न लागेको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको पेश हुने प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०८० मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी "एनआइएमबि एस क्यापिटल लिमिटेड" र "एनआइएमबि स्टक मार्केट्स लिमिटेड” समेतको आ.व. २०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताविक लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियूक्तिको शर्त तोक्ने ।

 विशेष प्रस्ताव

साधारण सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक गर्न सञ्चालकसमितिलाई पूर्ण अख्तियारी दिने । 


सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित

बैंकले आज सञ्चालकहरुको निर्वाचन गर्ने तयारी गरेपनि अदालतको आदेशपछि सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार आज चैत्र २० गते हुने बैंकको साधारणसभामा सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश नहुने बैंकले जनाएको छ ।

बैंकका अनुसार चैत्र २० गते  संचालन हुन लागेको ३७ औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बूँदा नं. ५ अन्तर्गतको संस्थापक शेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्नु भनि  अल्पकालिन अन्तरिम आदेश जारी भएको कारणले उक्त निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको हो ।

बैंकका शेयरधनी प्रा.डा ताराप्रसाद सापकोटाले चैत्र १६ गते निर्वाचन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लि , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ , पृथ्वी बहादुर पाँडे , प्रजन्य राजभण्डारी , मुक्तिराज पाण्डे , मदनकुमार आचार्य , बरुण श्रेष्ठ , पर्वतकुमार कार्की / रवि महर्जनलाई विपक्षी बनाएका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै चैत्र १८ गते सर्वोच्च अदालतका न्यायधीश महेश शर्मा पौडेलको एकल इजलाशले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। यस संगै सर्वोच्च अदालतको अर्को आदेश नआउँदासम्म बैंकको सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved