मुक्तिनाथ कृषि कम्पनीले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन अवधि सकिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 09:21:42 AM मा प्रकाशित

laxmi sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुलाई छुट्याएको शेयरको लकइन अवधि २०८१ जेठ १८ गते सकिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ७० हजार कित्ता शेयरको लकइन अवधि आगामी जेठ १८ गते सकिने जनाएको हो ।

कम्पनीको आईपीओ २०८० मङ्सिर १९ गते बाँडफाँड भएको थियो। त्यस क्रममा सामुहिक लगानी कोषहरुलाई छुट्याएको उल्लेखित शेयरको लकइन अवधि ६ महिनापछि समाप्त हुन लागेको हो ।

धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार सामुहिक लगानी कोषहरुले आरक्षणमा पाएको शेयर ६ महिना नाभी बिक्री गर्न पाइदैन ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved