सेन्चुरीले सगरमाथालाई गाभेर थाल्यो एकीकृत कारोबार,साउन १ गते बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 05:19:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी बैंकले सगरमाथा फाइनान्सलाई प्राप्त गरि एकीकृत कारोबार थालेको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकीकृत कारोबारको उद्घाटन गरेका हुन। 

नेपालको कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएको सेन्चुरी बैंकले विभिन्न बिकास बैंक तथा फाइनान्सलाई प्राप्त गरी ८ अर्ब चुक्ता पुंजी पुर्याउन लागि परेको हो। ८ अर्ब चुक्ता पुंजी पुर्याउने योजना अन्तर्गत बैंकले सगरमाथा फाइनान्सलाई ९५ प्रतिशतको स्वाप अनुपातमा आफुमा गाभेर एकीकृत कारोबार सुरु गरेको हो।

सगरमाथा फाइनान्सलाई सेन्चुरीले प्राप्ति गर्ने सम्बन्धमा भएको संस्था प्राप्ति सम्बन्धी समझदारी पत्रमा (एमओयु) सगरमाथाको स्वाप अनुपात ९४ प्रतिशत भएपनि पछि चल-अचल सम्पति तथा दायित्व मुल्यांकन प्रतिवेदन (डीडीए) रिपोर्ट अनुसार सगरमाथा फाइनान्सको स्वाप अनुपात ९५ प्रतिशत कायम भएको हो। 

एकीकृत कारोबार पश्चात बैंकको रजिष्टर्ड केन्द्रीय कार्यालय सेन्चुरी कमर्शियल बैंकको केन्द्रीय कार्यालय काठमांडू महानगरपालिका वडा नम्बर ३१ मा रहेको हालको कार्यालय नै रहने बताइएको छ ।

एकीकृत कारोबार गर्दा दुवै संस्थाको तथ्यांकलाई एकै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकाले आइतबार अर्थात साउन १ गते १ दिनका लागि सेन्चुरी बैंकले सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने बैंकले जनाएको छ।

इन्नोभेटिव र अरनिकोलाई गाभेपछि बैंकको चुक्ता पुंजी ४ अर्ब ७१ करोड रहेको छ । इन्नोभेटिव र अरनिकोका शेयरधनीले पाउने गरि बैंकले साउन १६ गतेदेखि ४० प्रतिशत हकप्रद बिक्रि गर्दै छ। ४० प्रतिशत हकप्रदका लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकाले असार २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन। 

४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण, सगरमाथा फाइनान्सबाट थपिएको ७४ करोड र अल्पाइन डेभलपमेण्टलाई गाभे पछि बैंकको चुक्ता पुंजी ७ अर्ब ९० करोड हाराहारी पुग्नेछ। बैंकले इन्नोभेटिब र अरनिकोलाई प्राप्ति पश्चात ४० प्रतिशत अर्थात १ अर्ब ८८ करोड बराबरको हकप्रद  बिक्रि गर्न लागेको हो। बैंकले चालु आर्थिक बर्षको कमाईबाट बोनस सेयर वितरण गरि सहजै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने अवस्थामा छ। 

सेन्चुरी कमर्शियल बैंकले साउन १६ गतेदेखि हकप्रद निष्काशन गर्ने , कहाँ दिने आवेदन


सेन्चुरीमा बिलय हुँदापनि सगरमाथा फाइनान्सका सेयरधनीहरु फाइदामै हुनेछन- सीईओ राई (अन्तर्वार्ता)

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved