घरजग्गा कारोबारमा अन्तिम कर कुन ? विभागले पार्यो प्रष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 04:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले घरजग्गा बिक्री गर्दा हुने लाभमा पाँच प्रतिशत वा सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको प्रष्ट पारेको छ। विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई पत्राचार गर्दै ५ प्रतिशत वा ७.५ प्रतिशत लाभकर नै अन्तिम भएको प्रष्ट पारेको हो ।

आर्थिक विधेयक, २०८० को दफा २९ का विषयमा द्विविधा भएपछि महासंघले विभागलाई  स्पष्ट गरिदिनका लागि अनुरोध गरेको थियो । जवाफमा विभागले  प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जनाएको हो ।

विभागले पठाएको पत्रमा भनिएको छ ' प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गा बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको पाँच प्रतिशत वा सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।'

यस अघि शेयर बजारको लाभकरको विषयमा पनि द्विविधा भएपछि अर्थ मन्त्रालयले शेयर कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको पाँच प्रतिशत वा सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने भन्दै प्रष्ट पारेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved