अब साढे २ आनामै कित्ताकाट (सूचनासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 10:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने गरी भूउपयोग नियमावली संशोधन भएको सूचना राजपत्रमा आएको छ । संशोधित भूउपयोग नियमावली अनुसार अब न्यूनतम् ८० वर्गमिटरसम्म जग्गाको कित्ताकाट गर्न सकिने भएको छ । 

हिजो बिहिबार राजपत्रमा प्रकाशित सूचनामा कित्ताकाटका लागि केही शर्तहरु पनि तोकिएका छन् । 

यसअघि आवासीय क्षेत्रमा वर्गीकरण गरिएका जग्गा कित्ताकाट गर्दा न्यूनतम ४ आना १ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइँदैन थियो । अब भने प्लानिङ पर्मिट लिएकाहरुलाई साढे २ आना क्षेत्रफलमै कित्ताकाट गर्न पाइने भएको छ ।

तर, प्लानिङ पर्मिट नलिइ व्यक्तिगत रुपमा कित्ताकाट गर्दा भने न्यूनतम् ४ आना १ दाम जमिन हुनैपर्ने व्यवस्था यथावत छ । 

यसैबीच, संशोधित नियमावलीले विकास आयोजनाले जमिन अधिग्रहण गर्दा जतिसुकै टुक्रा पार्न पनि पाउने व्यवस्था गरिदिएको छ । कुनै विकास आयोजनाले कोही जग्गा धनीको १ आना, २ आना मात्रै जग्गा पनि लिन पाउने छ । 

यस्तो छ सूचनाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved