‘मौद्रिक नीतिले रियलस्टेट क्षेत्रलाई छोएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:47:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले रियलस्टेट क्षेत्रलाई खास नछोएको बताएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि बिजपाटीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष लोहनीले लोन टू भ्यालू रेसियो र इएमआईका सम्बन्धमा आफूहरुले राखेका माग राष्ट्र बैंकले सम्बोधन नगरेको बताएका हुन् ।

‘हामीले लोन टू भ्यालू रेसियो ७० प्रतिशत हुनुपर्छ भनेका थियौँ, त्यसलाई ५० प्रतिशतमै खुम्च्याइएको छ’ उनले भने, ‘सारमा भन्नुपर्दा रियलस्टेटलाई मौद्रिक नीतिको समीक्षाले खास छोएन ।’

उनले रियलस्टेट कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झार्नुलाई केही सकारात्मक मान्न सकिने बताएका छन् ।

‘जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ, यसले बैंकलाई कर्जा प्रवाहमा अलिकति सजिलो बनाउला’ अध्यक्ष लोहनीले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved